[email protected] | Narayantar Jorpati, Gokarneshwor - 6, Kathmandu, Bagmati, Nepal
Opening Hours: Sun-Fri -06:00 AM to 5:00 PM

News

Completion of Practical Board Exam of Class XI

Completion of Practical Board Exam of Class XI

 

School Improvement Plan workshop

School Plan Workshop
Head Teacher facilitating the School Plan Workshop

विद्यालय सुधार योजना र आगामी शैक्षिक शत्र २०८३ को सन्चालन सन्दर्भमा योजना तय गर्न विहानी शत्र र दिवा शत्रमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैठक सम्पन्न गरियो

मिति: २०८२ चैत्र २९ गते आइतवार
स्थान: हिमाली रीसोर्ट, उत्तरबाहिनी गोकर्ण

 

Skill Development on Share Transactions

५ चैत, चामुण्डा

Skill Development Training of Share Transactions for Students

चामुण्डा मा वि का कक्षा १२ का Business Studies अध्ययन गर्ने विद्यार्थीलाई शीप बिकास कार्यक्रम अन्तर्गत नेपाल धितोपत्र बजार लिमिटेडको भ्रमण तथा शेयर कारोवारको प्रशिक्षण दिइयो । यसबाट विद्यार्थीमा शेयर बजारमा प्रवेश गर्ने अबसर प्रदान गर्ने छ । यो अवसर जुटाउने शेयर कारोबार विज्ञ निरन्जन फुयाल, बद्री फुयाल, नेप्सेको सि.इ.यो तथा नेप्से परिवारलाई चामुण्डा मा वि परिवारको तर्फबाट धन्यवाद दिइयो ।

Chamunda Carnival 2082

Chamunda Carnival 2082
Chamunda, 16th March
यस वर्षको Chamunda Carnival 2082 भब्यताका साथ सम्पन्न भयो ।
Attractions:
– Educational Materials Exhibition
– Science Exhibition
– Mini IT Tech Fair
– Art and Craft
– Food and Drinks
– Music
– Photo Booth
– Cultural dress & Culture Exhibition
– Entertainment & Fair
यो अवसरमा यस विद्यालयका करीब २१०० विद्यार्थी, छिमेकी विद्यालयका ७०० विद्यार्थी र पाहुना ३००जना गरी करीब ३००० जनाले अबलोकन गर्नुभएको थियो । गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले यस कार्यक्रमको उद्घाटन गर्नु भयो ।
प्रधानाध्यापक गुणराम अाचार्यले अागन्तुकहरू सबैले महत्वपूर्ण समय दिई अवलोकन गरीदिनु भएकोमा चामुण्डा मा.वि. परिवारको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नुभएको छ ।

Law Subject Students: Court Visit Report Presenting Program

 

Law Subject Students: Court Visit Report Presenting Program

शिक्षा बिषय अध्ययन गर्ने विद्यार्थीसँग प्र.अ.

 

शिक्षा बिषय अध्ययन गर्ने विद्यार्थीसँग प्रधानाध्यापकः रोजगारीका लागी शीप अन्तर्गत कक्षा १२ शिक्षा विषयका विद्यार्थीलाइ गोकर्णेश्वर न.पा. भित्रका विभिन्न विद्यालयमा “School Internship Program 2082” का लागि तयार गरिंदै

Internship on Inst. Pedagogy & Evaluation

Magh 21, Gokarneshwor.
Micro Teaching Classes for 2082 Batch Class XII Education Subject students started today with Internship on Inst. Pedagogy & Evaluation. Introducing the program Mr. Dilli Kafle disseminate the course to the students. Vice Principal Dr. Diwakar Bhandari orient the student with its Objectives and Planning. Principal Mr. Guna Ram Acharya encourage the students with the outcome of Micro Teaching and future value of Internship. Education Subject faculties have coordinated the program.

Internship Inst. Pedagogy & Evaluation

चामुण्डामा विज्ञान विषयका विद्यार्थीहरुलाई अभिमुखिकरण

माघ १४, गोकर्णेश्वर
विज्ञान विषय अध्ययन गरेर के कस्ता परिस्थिति आइपर्छ र यसलाइ कसरी सहज बनाइ जीवनमा लागु गर्ने भन्ने बारे विद्यार्थीहरुलाई सक्षमता विकास सम्बन्धी एक अभिमुखिकरण कार्यक्रमको आयोजना हिजो विद्यालयको विज्ञान हलमा गरियो ।
त्रि. वि. शिक्षण अस्पतालका भूतपूर्व प्राध्यापक तथा वरिष्ठ चिकित्सक डा.रमेश आचार्य मुख्य वक्ता रहनुभएको यस कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक गुणराम आचार्यले गर्नुभएको थियो । विद्यालय प्रशासन अधिकृत उद्धव रायामाझी सहित विज्ञान विषय शिक्षकहरु उपस्थित कार्यक्रममा सहायक प्र.अ. डा. दिबाकर भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो । प्र.अ. आचार्यले विषय प्रवेश गराउँदै विद्यार्थीको शैक्षिक उन्नयनका लागि अत्यावश्यक यस्ता नविन र नतिजामुखी कार्यक्रमहरु विद्यालयले नियमित गरिरहने र यसबाट विद्यार्थीले भरपुर लाभ उठाउन सक्ने प्रष्ट पार्नुभयो । मुख्य वक्ता डा. रमेश आचार्यले आफ्नो कार्यानुभव तथा जीवन यात्राका भोगाईबाट प्राप्त अनुभव साट्दै विद्यार्थीहरुसँग अन्तक्रिया गर्नुहुँदै विज्ञान विषय अध्ययन गरेर भावी दिनमा कुनकुन सेवा क्षेत्रमा केकस्ता चुनौती र अवसर आउँछ भन्ने बारे अभिमुखिकरण गर्नुभएको थियो ।
विज्ञान इन्चार्ज मनोज आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा विज्ञान विषयका ९२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

चामुण्डामा चिन्तन चौतारी सँगै सम्मान कार्यक्रम

Magh 03, Gokarneshwor

गोकर्णेश्वर नगरपालिका क्षेत्रका राष्ट्रिय ब्यक्तित्वहरु: नेपाल सरकारका मुख्य सचिव श्री सुमनराज अर्याल, त्रि.वि शिक्षण अस्पतालका उप निर्देशक डा. पवनराज चालिसे, त्रि.वि केन्द्रीय पुस्तकालयका प्रमुख श्री सागरराज सुबेदीलाई सोही जिम्मेवारीहरु प्राप्त गर्नुभएको सुखद अवसरमा कार्यकालको सफलताको कामना गर्दै आज मिति २०८२.१०.०३ गते शनिवार सम्मानको कार्यक्रम आयोजना गरी विद्यालयद्वारा सम्मान तथा बधाई ज्ञापन गरीयो ।

सम्मान कार्यक्रमको अध्यक्षता वि.ब्य.स अध्यक्ष श्री दीपक सिंह भण्डारी, स्वागत स.प्र अ डा. दिवाकर प्रसाद भण्डारी, कार्यक्रम सन्चालन श्री उद्धव रायमाझीहरुले गर्नुका साथै कार्यक्रमको उद्देश्य प्र अ गुणराम आचार्यले प्रकाश पार्नु भयो ।

चिन्तन चौतारी
यस क्षेत्रका चिन्तकहरूले आज चिन्तन चौतारीमा जेनजी पुस्तासँग शिक्षा, रोजगारी र उद्यमशीलता विषयक प्यानल छलफलको कार्यक्रमको आयोजना गरेका थिए। आजको चौतारीमा, हाल विद्यमान समस्या र चुनौतीको उठान गर्दै समाधानका उपाय खोज्ने प्रयास गरिएको छ ।
प्रारम्भिक शैक्षिक थलो शिक्षाको मन्दिर विद्यालयनै भएको परिप्रेक्षमा शैक्षिक वहस हाम्रो विद्यालय चामुण्डा मा.वि.मा नै शुरु गराएकोमा चिन्तन चौतरीलाई विद्यालयको तर्फबाट प्र.अ. आचार्यले धन्यवाद व्यक्त गर्नुभयो। ।

उक्त कार्यक्रमको समापन पछि लगत्तै सम्मानको कार्यक्रम भएको थियो ।

Closing Program of Sports Week 2082

Poush 20, Kathmandu.

One program to falicitate sudents, winner of sports week is organized today at School premises. Chief guest Dipak Risal handover medals & Certificate to the winners. SMC chairperson was present at the program.