[email protected] | Narayantar Jorpati, Gokarneshwor - 6, Kathmandu, Bagmati, Nepal
Opening Hours: Sun-Fri -06:00 AM to 5:00 PM

शिक्षक आवश्यकता

Home / शिक्षक आवश्यकता
शिक्षक आवश्यकता

16/Dec/ 2025


प्रथम पटक प्रकाशित मिति : २०८२/०९/०१

विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०७/२४ गतेको निर्णय तथा गोकर्णेश्वर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको मिति २०८२/०८/२५ च.नं २०८२/८३ ,१२१ को पत्रानुसार करार शिक्षकको नियुक्तिका लागि सहमति प्राप्त भए अनुसार यस चामुण्डा माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा खुला परीक्षाद्वारा निम्न उल्लेखित पद संख्यामा करार शिक्षक पदपूर्ति गर्नपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले विद्यालय प्रशासनमा विद्यालय समय भित्र दरखास्त दिनहुन यो विज्ञापन प्रकाशित गरिएको छ।

१) विज्ञापन नंबर : ३/२०८२

२) पदसंख्या : १(एक)

३) परीक्षाको किसिम : क) लिखित परीक्षा (सामान्य) ख) लिखित परीक्षा (विषयगत) ग) अन्तरबार्ता

४) परीक्षा केन्द्र : गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र

५) दरखास्त दस्तुरः रु १,०००/- (अक्षरेपि रु एक हजार मात्र) विद्यालयको रसिद वा विद्यालयको खातामा जम्मा गरेको भौचर

६) दरखास्त दिने अन्तिम मिति : २०५२ षौष १४ गतेसम्म, दोब्बर दस्तुरमा थप सात दिन भित्र

७) उम्मेदवारको उमेरको हद : दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

८) उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता,

क) नेपाली नागरिक

ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई ई वा सो सरहको तहको परीक्षा उत्तीर्ण भएको ।

ग) प्राथमिक तहको अध्यापन अनुमति पत्र प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि

९) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :

१) नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि

२) हालसालै खिचेको फोटो २ प्रति (आवदन फारम र प्रवेश पत्रमा संलग्न

३) शैक्षिक योग्यताको ट्रान्सक्रिप्टहरुका प्रतिलिपिहरु

४) अध्यापन अनुमती पत्रको प्रतिलिपि

लिखित परीक्षा (सामान्यमा) उत्तीर्ण हुने उम्मेदवारले मात्र विषयगत परीक्षामा समावेश हुन पाउनेछन् ।

शिक्षक सेवा आयोगमा करार सूचिकृत (मान्यता प्राप्त) भएका व्यक्तिको निवेदन पर्न आएमा परीक्षा रद्द गरी परीक्षा दस्तुर फिर्ता गरिने छ। परीक्षा केन्द्र र तालिका वा कार्यक्रम वा थप सूचना म्याद सकिएको भोलीपल्ट सूचना प्रकाशित गरिनेछ । अन्तर्वातामा संलग्न हुँदा आफ्ना सक्कल कागजात लिई उपस्थित हुनुपर्ने छ।

प्रधानाध्यापक

पुनश्चः २०८२।०९।०३
यस विद्यालयवाट मिति २०८२।०९।०१ को च.नं १२४ वाट प्रकासित करार शिक्षक आवश्यकता सम्वन्धि सूचनामा
आवश्यक न्युनतम शैक्षिक योग्यता शिक्षक सेवा आयोगले निर्धारण गरेको न्युनतम शैक्षिक योग्यता हुनुपर्नेमा एस.ई. इ.
वा सो सरह तहको परीक्षा उत्तीर्ण हुन गएको हुँदा भूल सूधार गर्न यो सुचना प्रकासित गरिएको छ।

Primary Teacher Vacancy Qualification Amendment

२०८२/१०/०७: प्रक्रिया स्थगित गरिएको

यस विद्यालयको प्रा.शि. ततीय श्रेणी शिक्षक आवश्यकताको विज्ञापन नंवर ३/ २०८२ को परीक्षा कार्यक्रम संग संवन्धित जानकारीका लागि आज सम्पर्क मिति तोकिएकोमा मिति २०८२ माघ ४ गतेवाट निर्वाचन आचार संहित लागू भएको कारणवाट उक्त परीक्षासंग सम्बन्धित सबै कार्यक्रम अर्कों सचना प्रकाशन नभए सम्म स्थगित गरिएको ब्यहोरा सवै आवेदक तथा सम्वन्धित ब्यक्तिहरुमा सूचित गरिन्छ । निर्वाचन आचार संहिता खुलेपछि विद्यालयको वेब साइट तथा सूचना पाटीमा सूचना गरी जानकारी गराइने छ।
प्रधानाध्यापक