[email protected] | Narayantar Jorpati, Gokarneshwor - 6, Kathmandu, Bagmati, Nepal
Opening Hours: Sun-Fri -06:00 AM to 5:00 PM

नगरपालिकाबाट विद्यालय अनुगमन

Poush16 Gokarneshwor

गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, उपमेयर सान्नानी लामा, शिक्षा अधिकारी वीरबहादुर खड्का, शिक्षा शाखाका अधिकृतहरु,  छिमेकी विद्यालयका प्र.अ. तथा श्रोत शिक्षक समेतबाट चामुण्डा मा. वि.को विज्ञान प्रयोगशाला, स्टुडियो, विज्ञानका कक्षाहरु र विज्ञान इन्चार्ज कक्षको निरीक्षण अनुगमन गर्नुभै महत्वपूर्ण सुझावहरु दिनु भयो । २०८२ बाट कक्षा ११ बिज्ञान विषय सफलता पूर्वक सञ्चालन भएको जानकारी प्र. अ. गुणराम आचार्यले दिनुभयो। नगरपालिका टिमलाई धन्यवाद दिंदै स.प्र.अ. डा. दिवाकर भण्डारीले नगरबाट प्राप्त सुझावलाई आगामी दिनमा पालना गरिने स्पष्ट पार्नुभयो ।